एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएको छ । अमेरिकी संसद भवनमा आक्रमण भएको दिनको सम्झानामा भएको कार्यक्रममा राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यशैलीको कडा आलोचना गर्नुभएको हो । गत वर्ष जनवरी ६ मा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक समारोह चलिरहेका बेला तत्कालीन राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा अक्रमण गरेका थिए…