काठमाडाैं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नभए देश डुब्ने टिप्पणी गर्नुभएको छ । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिनुभएको हो । खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नै पाकिस्तानको समस्याको एकमात्र समाधान…