सोमालियाको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जनाको मृत्यु, १६ घाइते « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


सोमालियाको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जनाको मृत्यु, १६ घाइते


78
Shares

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जना मानिसको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी १६ जना घाइते भएका हुन् । सोमालियाको बिद्रोही समूह अल सबाबका आक्रमणकारीहरुले मोगादिशुमा रहेको मेयरको कार्यालयमा प्रवेश गरी सुरक्षाकर्मीमाथि बम प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । बम आक्रमण भएपछि आतंकवादीहरु भने फरार भएका छन् ।

सोमालिया सरकारले देशको दक्षिणी क्षेत्रमा अल सबाब विरुद्ध गरिरहेको कारबाहीको बदलामा विद्रोहीले पनि प्रतिआक्रमणलाई तीब्रता दिंदै आएका छन् ।