अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जनाकाे मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जनाकाे मृत्यु


325
Shares

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहार भएकाे छ ।

अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार गाेली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।

लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको हाे।

गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो ।