वासिंटन, भदौ २३ । अमेरिकी र रुसी विमानबीच आकाशमै तनाव बढेको छ । दुबै विमान एक आपसको १० फिट दुरीमा उडान भरेको बताइएको छ । यो दुरी हवाइ सुरक्षाको दृष्टिले निकै समवेदनशील मानिन्छ । समाचार एजेन्सीहरुका अनुसार ‘ब्ल्याक सी’ को आकाशमाथि एक अमेरिकी जासुसी विमान उडान भरिरहेको अवस्थामा रुसी लडाकु विमान निगरानीका लागि आएको थियो…