अदालतले पाकिस्तानका मुशर्रफलाई मुद्दाको सुनुवाइको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको हो । बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको मुशर्रफ गत वर्षदेखि नै स्वनिर्वासनमा रहंदै आएका छन् । त्यस्तै, भुट्टोको हत्याको षडयन्त्र गरेको अभियोगमा मुद्दा चलाइएका अन्य पाँचजना अभियुक्तलाई निर्दोष ठहर गरेको छ । सन् २००७ मा एउटा राजनीतिक समारोहमा रहेका बेला…