Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


दोक्लाम विवादबारे मुख खोल्यो चीनले, भारत प्रतिक्रियाविहीन


0
Shares

चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि नहटेको प्रष्ट पार्दै अनधिकृत रुपमा विवादित क्षेत्रमा आएका भारतीय सेना फिर्ता भएका कारण तत्कालका लागि विवाद समाधान भएको बताए ।

उनले भने, ‘७३ दिनदेखिको गतिरोध भारतले आफ्ना सेना फिर्ता गरेपछि अन्त्य भएको हो, अब नयाँ दिल्लीले पाठ सिक्नु पर्दछ र भविष्यमा यस प्रकारको घटना हुनबाट रोक्नु पर्दछ ।’

उनले भारतीय संचारमाध्यममा आएको समाचारतर्फ केन्द्रीत हुँदै भने, ‘मिडियाले आफ्नो अनुमान व्यक्त गर्न सक्छन्, रिपोर्ट बनाउन सक्छन् तर हामीलाई आधिकारिक रुपमा प्राप्त जानकारी अनुसार २८ अगस्टका दिन विवादित क्षेत्रबाट भारतीय सेना हटेपछि गतिरोध अन्त्य भएको हो ।’

भारतीय विदेशमन्त्रालयले भने चिनियाँ विदेशमन्त्रालयको यो भनाइप्रति कुनै प्रतिक्रिया जनाएको छैन । तर भारतीय मिडियामा भने भारतको अडानका कारण दोक्लाम विवादबाट चीन पछि हटेको दाबीसहितका समाचार प्रकाशमा आइरहेका छन् । (एजेन्सी)