तीन सन्तान र दम्पत्ती गरी पाँचै जनालाई सकुशल उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । अमेरिकी गुप्तचरसँगको सहकार्यमा पाकिस्तानी सेनाले उनीहरुलाई तालिवानको नियन्त्रणबाट मुक्त गराएको हो । क्यानाडाका जोशुआ बोयल र उनकी अमेरिकी पत्नी क्याटलन कोलमेनलाई तालिवानले अफगानिस्तानबाट सन् २०१२ मा अपहरण गरेको थियो । अपहरण हुँदा कोलमेन गर्भवती थिइन् । तालिवानको कब्जामै पहिलो सन्तान…