कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्य, दैनिक १० किशोरीको बलात्कार ! • Image Khabar Image Khabar


कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्य, दैनिक १० किशोरीको बलात्कार !


Imagekhabar
७ पुष २०७४, शुक्रबार १०:१८

कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्य, दैनिक १० किशोरीको बलात्कार !

रोहिणीको विजय विहार क्षेत्रमा आध्यात्मिक विश्वविद्यालयको नाममा आश्रम चलाउँदै आएका वीरेन्द्र देव दीक्षितलाई पक्राउ गरिएको हो । उनले आफूलाई कलियुगको ‘कृष्ण’ बताउँदै आएका थिए ।

बुधबार आध्यात्मिक विश्वविद्यालयमा छापा मारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उच्च न्यायालयमा दीक्षितविरुद्ध मुद्दा दायर गरेकी सीमा शर्माका अनुसार ती कथित बाबाले लागू औषध प्रयोग गरेर दैनिक १० किशोरीलाई बलात्कार गर्दै आएका थिए । किशोरीलाई नग्न बनाएर उनीहरुबाट आफ्नो शरीर मालिस गराउने गरेको पनि सीमाले खुलासा गरेकी छन् ।

उनले १६ हजार महिलालाई पत्नी बनाउने लक्ष्यसहित शारीरिक सम्बन्ध बनाउँदै आएको पनि बताइएको छ ।

अदालतमा मुद्दा दायर गरेकी राजस्थानकी महिलाका अनुसार उनी ती बाबाको आश्रममा अनुयायी बनेर बसेकी थिइन् । आफ्ना चार छोरीलाई पनि उनले बाबाको भक्तिमा आश्रममै छोडेकी थिइन्, तीमध्ये एक नाबालिग रहेको बताइन्छ । छोरीले आफू बाबाबाट बलात्कृत भएको बताएपछि उनले मुद्दा दायर गरेकी हुन् ।

पीडित महिलाले आश्रममा आउने महिलालाई ‘गोपीनी’ बनाउन भन्दै बाबाले शारीरिक शोषण गर्ने गरेको बताएका छन् । प्रहरीले छापा मार्ने क्रममा आश्रमबाट कयौं किशोरी तथा महिलाको उद्धार गरेको छ । आश्रमबाट बाबाकै केही अश्लिल भिडियो र आपत्तिजनक सामानसमेत बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्