किर्कुक शहर बाहिरका महत्वपूर्ण संरचनामाथि नियन्त्रण गर्दै सरकारप्रति वफादार सैनिक केन्द्रीय इलाकामा समेत प्रवेश गरेका छन् । कुर्द सैनिकलाई धपाउँदै इराकी सेना शहर प्रवेश गरेपछि त्यहाँका हजारौं बासिन्दा भागेका छन् । इराकी सेनाले शहरको केन्द्रमा रहेको प्रशासनिक भवनमा पनि नियन्त्रण कायम गरेको जनाएको छ । त्यसअघि तिनीहरुले मुख्य सैनिक अखडा, विमानस्थल र तेल खानीहरु कब्जामा…