उनी ‘द आर्क स्टेसन’का साप्ताहिक कार्यक्रमकी प्रस्तोता हुन् । प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियो स्टेसनले अस्पतालमै मंगलबारको कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाएको थियो । प्रोक्टरले बच्चा जन्माउने दिन पहिले नै तय भएपनि अचानक रेडियो कार्यक्रम गर्नुपरेको बताइएकी छन् । बच्चा जन्माउँदाको आफ्नो जिन्दगीको मूल्यवान क्षण स्रोतासँग बाँड्न पाउनु स्मरणीय अनुभव भएको उनको भनाइ छ…