एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट प्रभावित भएको हो । त्यहाँका एक हजारभन्दा बढी घर डुबानमा पर्दा १ लाख ८० हजार मानिस बिस्थापित भएका छन् । बाढीले सयौं चौपाया समेत बगाएको…