२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


हिजबुल्लाह नेताको संवोधन


611
Shares

काठमाडौं । लेबनानको सशस्त्र समुह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले ज्यादतीका सबै हद पार गरेको बताउनुभएको छ ।

लेबनानी सशस्त्र समूहका पेजर र रेडियोहरूमार्फत बम आक्रमण गरिएपछि नसरल्लाहले इजरायलले “सबै रातो रेखाहरू पार गरेका’’ बताउनुभएको हो ।

पेजर र वाकीटकी विस्फोट गराएर इजरायलले नयाँ युद्धको घोषणा गरेको उहाँको बुझाइ छ । नसरुल्लाहले इजरायलको हर्कतको बदला लिने र उसलाई सजाय दिने प्रतिबद्धता जनाएपनि तत्काल इजरायलसँगको दुरी बढाउने पक्षमा आफु नरहेको पनि संकेत गर्नुभयो ।

गत वर्ष अक्टोबर ७ मा इजरायल र प्यालेस्टाइनको हमास लडाकु समुहबिच युद्ध शुरु भएयता हिजबुल्लाहले हमासको साथ दिँदै आएको छ । लेबनान र इजरायलको सिमानामा दैनिक गोलीबारी भइरहेको छ ।