एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ घण्टामा ४७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
पश्चिममा राजस्थान, मध्य भारतमा मध्य प्रदेशका साथै पूर्वी भारतको उडिशा र झारखंडमा लगातार वर्षा जारी छ । उत्तर प्रदेश मा ३२, मध्य प्रदेशमा ११ र राजस्थानमा चारजनाको मृत्यु भएको हो । धेरैजसोकोे वर्षाले घर र छत भत्किएर पुरिँदा मृत्यु भएको बताइएको छ । घटनामा परि धेरै मानिस घाइते भएका छन् ।
यता भारी वर्षाकै कारण तीर्थयात्रीहरुलाई केदारनाथ मन्दिरमा यात्रा गर्न रोक लगाइएको छ । आज प्रदेश सरकारले प्रदेशका सबै विद्यालयहरु पनि बन्द गर्न आदेश दिएको छ ।
मौसम विभागले आगामी तीनदिन हिमाञ्चल र उत्तराखण्डसहित १४ राज्यमा भारी वर्षा जारी रहने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्