एजेन्सी । लेबनानमा श्रृंखलावद्ध पेजर विष्फोटमा १२ जनाको मृत्यु भएको भोलिपल्ट सोही शैलीमा वाकी–टकी सेट विष्फोट हुँदा कम्तिमा २० जना मारिएका छन् ।
हिजबुल्लाह लडाकु समुहले प्रयोग गर्ने सञ्चार उपकरण एकसाथ विष्फोट गराइएको हो । घटनामा परि ४ सय ५० जना घाइते भएका छन् । इजरायलले प्रविधि ह्याक गरि आफ्ना सञ्चार उपकरणहरु बिष्फोट गराएको हिजबुल्लाहको आरोप छ । इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अघिल्लो दिन पेजर विष्फोटमा मारिएका आफ्ना लडाकुहरुको अन्तिम संस्कार चलिरहँदा सोही शैलीमा वाकी–टकी रेडियो सेटहरु विष्फोट भएको थियो । पछिल्लो दुई घटनाले लेबनानमा हिजबुल्लाह लडाकुले प्रयोग गर्ने सबै सञ्चार उपकरणहरु इजरायली गुप्तचरको नियन्त्रणमा रहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्