काठमाडाैं । यमनको हुथी समूहका हजारौं समर्थकहरूले शुक्रवार राजधानी सानामा इजरायल र हमासबीचको युद्धविरामको उत्सव मनाउन जुलुस निकालेका छन् । यसलाई प्यालेस्टिनीहरूको विजय रुपमा लिएका छन् । बिहीवार घोषणा गरिएको युद्धविराम अमेरिका–समर्थित २०–बुँदे शान्ति योजनाको पहिलो चरण हो । प्रारम्भिक चरण अन्तर्गत इजरायलले सबै बन्धकहरूको फिर्तीको बदलामा लगभग २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अपेक्षा…