Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


भारतकाे एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु, दर्जनौं घाइते


182
Shares

एजेन्सी। भारतको गोवामा एक नाइटक्लबमा आगलागी हुँदा करिब २५ जनाको मृत्यु भएको छ।

गोवा राज्यको अर्पोरा गाउँमा रहेको एक चर्चित नाइटक्लबमा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हाे। उत्तरी गोवाको उक्त क्लबमा शनिबार राति आगलागी हुँदा दर्जनौं घाइते भएका छन्। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार आगलागीमा धेरै पर्यटक र केही कामदारको पनि मृत्यु भएको छ।

सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरूमा आगोको मुस्लो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ । घटनामा ३ जनाको जलेर मृत्यु भएको र अन्यको मृत्यु निसास्सिएर भएको बुझिएको छ। अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगिज उपनिवेश गोवा भारतमा पर्यटन र रात्रि जीवनको लागि चर्चित छ।