निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स सहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए । सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको…