नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु • Image Khabar Image Khabar


नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु


Imagekhabar
९ बैशाख २०७५, आईतवार २०:२१

नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु

वासिङ्टन, वैशाख ९ । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा तीन जना घाइते भएका छन् ।

अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ ।

आक्रमणकारीलाई घटनास्थलसम्म पुर्‍याएको गाडी २९ बर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा उनको संलग्नता भएको आशङ्कामा उनलाई प्रहरीले खोजी गरिरहेको छ ।

तर घटनाबारे जानकारी गराउँदै परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले विहानै ३ः२५ बजे गोली चलाउँदा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ ।

आक्रमणकारीको हतियार रेष्टुरेन्टका एक जना लगानीकर्ताले खोसेपछि ती व्यक्ति भागेको बताइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्