दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु • Image Khabar Image Khabar


दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार १७:०४

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुनु एक हप्ताअगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’ले जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही अप्रिल २७ तारिखमा गर्ने तय भएको छ ।

दक्षिण कोरियामा राष्ट्रपतिको कार्यालयमा र उत्तर कोरियामा ‘न्यूक्लियर आर्मड’सम्बन्धी कार्यालयबाट हटलाइन सेवा सन्चालन गरिएको छ ।

हटलाइन सेवाको परीक्षणका लागि दुवै पक्षका उच्च अधिकारीले चार मिनेट १४ सेकेन्ड कुराकानी गरेका थिए ।

दुई कोरियाको सम्बन्ध थप सुधारकाक्रममा यसलाई अर्को नयाँ कदमकारुपमा हेरिएको छ ।

केही महिनाअगाडि भएको शीतकालीन ओलम्पिकदेखि दुई कोरियाकाबीचमा आश्चर्यजनक तरिकाले सम्बन्धमा सुधार आएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्