भारत, जोधपुरस्थित विशेष अदालतले आसारामलाई नाबालिग बलात्कारमा दोषी ठहर गर्दै बुधबार जन्मकैदको सजाय सुनाएको छ । सोही मुद्दाका अरु दुई अभियुक्त शिल्पी र शरदलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ । ७७ वर्षीय आसारामविरुद्ध सन् २०१३ मा आश्रममा १६ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । किशोरीका आमाबुवा आसारामका भक्त थिए । १५…