ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्यान्डको इच्छा • Image Khabar Image Khabar


ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्यान्डको इच्छा


Imagekhabar
११ बैशाख २०७५, मंगलवार १६:४४

ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्यान्डको इच्छा

आफ्नो देशले उनीहरुको शिखर वार्ताका लागि स्वयंसेवी तरिकाले सबै व्यवस्था गर्न तयार रहेको थाइल्यान्डले मंगलबार जनाएको छ ।

थाइल्यान्डका विदेशमन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भने–‘त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्यान्ड तयार छ ।’

अमेरिकी दूतावासले भने अहिलेसम्म यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाका नेता किमले आउँदो शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ ।

त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताकाबारेमा केही निर्णय हुनसक्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताएका थिए । वार्ता उपलब्धिमूलक नहुने देखिएमै बीचमै छाड्ने बताउँदै उनले वार्तालाई उपलब्धिमूलक बनाउन सर्तहरु पनि राखेका थिए । तर, उनले वार्ता कुन ठाउँमा कुन दिन हुने भन्नेबारेमा भने केही बताएका थिएनन् ।

थाइल्यान्ड अमेरिकाको ऐतिहासिक कूटनीतिक सम्बन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कूटनीतिक सम्बन्ध रहेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्