फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते • Image Khabar Image Khabar


फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते


Imagekhabar
११ बैशाख २०७५, मंगलवार ०६:५७

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं, बैशाख ११ । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ । घटनापछि सो क्षेत्रमा केही समय मेट्रो सेवासमेत बन्द गरिएको थियो ।

यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्