
काठमाडौं, बैशाख १२ । भारतीय धर्मगुरु आशाराम बापू नाबालिग बलात्कारमा दोषी ठहर भएका छन् ।
भारत जोधपुरको विशेष अदालतले बापूलाई नाबालिग बलात्कारमा दोषी ठहर गरेको हो । उनलाई कति सजाय गर्ने भन्नेमा भने बहस भइरहेको छ ।
कति वर्ष जेल सजायँ हुने भन्ने फैसला हुन बाँकी रहेपनि दश वर्षसम्म सजायँ हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
७७ वर्षका आशाराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप लागेको थियो । किशोरीका आमाबुबा आशारामका भक्त थिए ।
एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आशारामले किशोरीलाई बलात्कार गरेको प्रहरीको दावी छ ।
१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । इन्दौरबाट पक्राउ गरिएका आशाराम अहिले पनि प्रहरी हिरासतमा छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्