मुम्बई, साउन १२ । विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत् एकजनामात्र जीवित रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिइ प्रसिद्ध पहाडी वनभोजस्थल…