
ग्रीस, साउन ११ । ग्रीस सरकारले राजधानी एथेन्स नजिक लागेको विनाशकारी आगो जानीबुझी लगाइएको दाबी गरेको छ ।
नागरिक सुरक्षा उपमन्त्री निकोस तोस्कासलेले आगलागीका पछाडि अपराधीहरु सामेल भएको गम्भीर सबूत मिलेको बताएका छन् ।
प्रहरीले आगलागीका कारणबारे छानविन सुरु गरेको छ । यसअघि ग्रीसका रक्षामन्त्रीले अवैधरुपमा घर निर्माण गरेकाहरुले आगलागीमा फसेका र बचाउ दललाई आगलागी भएको क्षेत्रमा जान रोकेको आरोप लगाएका थिए ।
अर्कोतर्फ आगलागी प्रभावितहरुले समयमै उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
एथेन्स नजिक जंगलमा लागेको आगोले ८३ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै हराइरहेका छन् ।
नागरिक सुरक्षा मन्त्रीले यो विनाशकारी आगलागीभन्दा केही घण्टा पहिले पनि एथेन्स नजिकै अर्को एक ठाउँमा जानीबुझी लागो लगाइएको र त्यसलाई निभाइएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्