
काठमाडौं । चीनको राजधानी बेइजिङस्थित अमेरिकाको दूतावासबाहिर सानो विस्फोट भएको छ ।
दूतावास हाताबाहिर राखेको एउटा बम विस्फोटबाट बम राख्ने व्यक्ति मात्रै घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
विष्फोट गराउने व्यक्तिको नाम जियाङ रहेको र उनको अस्पतालमा उपचार भैरहेको छ । विस्फोटपछि दूतावास वरपरको क्षेत्रमा सेतो धूँवाको मुस्लो देखिएको थियो ।
घटनापछि अरू सामान्य दिन जस्तै दूतावासको गतिविधि सञ्चालन भैरहेको जनाइएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार त्यो घटनासँग असम्बन्धित अर्को घटनामा अमेरिकी दूतावासबाहिर एक महिलाले आफ्नो शरीरमाथि पेट्रोल छर्केर आगो लगाएकी छन् । प्रहरीले उनलाई पक्राउ गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्