३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


जापान अर्को प्राकृतिक प्रकोपको मारमा


0
Shares

काठमाडौं, साउन १२ । जापानमा आएको शक्तिशाली समुद्री आँधीका कारण जनजीवन प्रभावित भएको छ ।

१८० किलोमिटर प्रतिघन्टाको वेगमा आएको आँधीका कारण सयौं हवाई उडान रद्ध गरिएका छन् ।

‘जोङदारी’ नाम दिइएको आँधीले होन्शु टापुमा भूस्खलनको खतरा बढेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

जापानको मौसम विभागले मानिसलाई घर छाड्ने तयारी गर्न सुचित गरेको छ ।

बाढी र गर्मीका कारण करिब ३०० जनाको मृत्यु भएको एक महिना नबित्दै जापान अर्को प्राकृतिक प्रकोपको मारमा परेको छ ।

जुलाईमा आएको भारी वर्षाका कारण ८० लाख मानिसले आफ्नो बासस्थान छाड्नुपरेको थियो । (एजेन्सी)