काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरको ऐतिहासिक सम्मेलनको फलो अफ वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन् । ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले प्योङयाङबाट प्राप्त निकै हार्दिकता सहितको पत्रले निशस्त्रीकरण प्रतिको प्रतिबद्धता कायमै रहेको देखिएको बताएकी छन् । उनले पत्रको प्राथमिक उद्धेश्य राष्ट्रपति ट्रम्पसंग अर्को वार्ताको अनुरोध रहेको जनाएकी छन्…