
काठमाडौं, भदौ २५ । चीनका धनाढ्य ज्याक माले चिनियाँ इ–कमर्स साइट ‘अलीबाबा’ कम्पनीको कार्यकारी अध्यक्षबाट एक वर्षभित्र राजीनामा दिने भएका छन् ।
उनले कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का धनाढ्य डेनियल च्याङलाई हस्तान्तरण गर्ने बताइएको छ ।
अलीबाबा विश्वकै महँगो कम्पनीमध्येको एक हो । उनी सन् १९९९ देखि अलीबाबाको सहसंस्थापक बनेका थिए ।
ज्याक मा फोर्ब्सले तयार पारेको विश्वको धनाढ्यको सूचीमा २१औं स्थानमा छन् । उनको सम्पत्ति ३८.६ बिलियन डलर छ ।
सुरुआती दिनहरुमा निकै असफलता व्यहोरेका उनले साथीहरुसँग मिलेर ६० हजार डलरमा ‘इ–कमर्स मार्केटप्लेस’ अलीबाबा कम्पनी सुरु गरेपछि उनी सफल बन्दै जान थालेका थिए ।
कारोबार बढ्दै गएपछि सन् २०१४ मा अलीबाबाले २५ अर्ब डलरको प्राथमिक सेयर निष्कासन गर्दैै न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भयो । त्यसपछि अलीबाबा विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एककारुपमा स्थापित भयो ।
उनको नेतृत्वमा रहेको अलीबाबाअन्तर्गत् अहिले अलीबाबा डटकम, टाओबाओ मार्केटप्लेस, टिमेल, इटाओ, अलिबाबा क्लाउड कम्प्युटिङ, अलिपेलगायतका कम्पनीहरु सन्चालित छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्