१३ फाल्गुन २०८०, आइतबार | Sun Feb 25 2024


फ्रान्समा एक ब्यक्तिद्वारा अन्धाधुन्ध छुरा प्रहार, सात जना घाईते


0
Shares

काठमाडौं । फ्रान्समा एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा सात जना घाईते भएका छन् ।

फ्रान्सको पेरिसमा गरिएको छुरा प्रहारमा घाइते हुनेमा दईजना बेलायती पर्यटक पनि रहेका छन् ।

पेरिसको एक बैंक नजिक भिडभाड भएको स्थानमा ती ब्यक्तिले छुरा प्रहार गरेको बताइएको छ ।

सोही स्थानमा बल खेलिरहेका केहीले भने छुरा प्रहार गर्ने ब्यक्तिलाई बलले हानेर रोक्ने प्रयास गरेका थिए ।

छुरा प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

यद्यपी आतंकवादी हमला भने नभएको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान भने खुलाइएको छैन ।(एजेन्सी)