२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १०० जनाको मृत्यु

अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बउफारिक विमानस्थलमा बुधबार उक्त विमान दुर्घटना भएको हो । स्थानीय सन्चारमाध्यमहरुले भने दुर्घटनामा २०० जनाको मृत्यु भएको दाबी गरेका छन् । दुर्घटनास्थलबाट १४ ओटा एम्बुलेन्समार्फत् घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । (एजेन्सी)