वासिंटन, फागुन १३ । अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामान आयातमा शुल्क वृद्धि गर्नेसम्बन्धी निर्णय तत्कालका लागि स्थगन गरेका हुन् । गत साता अमेरिका र चीनबीचको भएको व्यापारसम्बन्धी वार्ता उपलब्धिमूलक भएको भन्दै राष्ट्रपति ट्रम्पले तत्कालका लागि आयात शुल्क नबढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…