
काठमाडौं, असोज २७ । इन्डोनेसियाको सुमात्रा द्वीपमा भीषण वर्षापछि गएको पहिरोमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ११ जना बालबालिकासमेत छन् ।
उत्तरी मुरारा सालादीस्थित एउटा खोलामा बढेको पानी नजिकैको स्कुलसम्म आइपुग्दा पर्खाल भत्किएर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
पहिरोमा १० जना हराइरहेका छन् । उत्तर र पश्चिम सुमात्राका ५०० भन्दा बढी घर ध्वस्त भएका छन् ।
सडकहरु बिग्रिएकाले प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको बताइएको छ ।
त्यहाँ दुईहप्ते आपत्कालीन उद्धार अवधिको घोषणा गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्