८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


पत्रकार हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइए अमेरिकाले कडा कारवाही गर्ने


0
Shares

काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूताबासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएमा आफूलाई निराश र आक्रोसित पार्ने भन्दै त्यसपछि साउदी सरकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तरवार्तामा उहाँले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस र चीन पनि इच्छुक रहेको बताए ।

पत्रकार खसोगीको अवस्थाबारे साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन आकाकानी गरेको आरोपसमेत ट्रम्पले लगाए ।

तर साउदी अरबले भने पत्रकार खसोगीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलुकले खासोगीको हत्या भएको आशंकामा छानबिन गर्न साउदी अरबले स्वीकृति नदिएको गुनासो गरेका छन् ।

यता अमेरिका र बेलायतले भने यही महिना साउदी अरबमा हुन लागेको उच्चस्तरीय सम्मेलन बहिष्कार गर्ने सम्भावना बलियो रहेको बिश्लेषण गरिएको छ ।

साउदी राजपरिवारको कटु आलोचक रहेका पत्रकार खासोगी टर्कीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूताबासबाट गत अक्टोबर २ देखि बेपत्ता छन् । (एजेन्सी)