श्रीनगर (भारत), असोज ५ । भारत प्रशासित कस्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको जनाइएको छ । दशकौंदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् । सन्…