तेहरान, मंसिर १९ । इरानले अमेरिकालाई समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । इरानबाट तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धका बारेमा टिप्पणी गर्दै इरानका राष्ट्रपति हसन रुहानीले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘इरानबाट तेल निर्यात रोक्न सकिँदैन भन्ने कुरा अमेरिकालाई थाहा हुनुपर्ने हो, यदि अमेरिकाले त्यो गल्ती गरेमा हामी समुद्री मार्ग दिने छैनौं…