काठमाडौं, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनले आयोजना गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएको छ । चीनको बेइजिङमा आज बिहान सुरु भएको बीआरआई शिखर सम्मेलनमा राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली सहभागी भएको हो । चीनका राष्ट्रपति सी जिनपिङको पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले…