Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


डुब्ने खतरा बढेपछि इन्डोनेसियाको राजधानी अन्यन्त्रै सारिने

काठमाडौं । इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ । इन्डोनेसियाका योजनामन्त्री मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राजधानी सार्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले राष्ट्रपति जोको विडोडोले एउटा महत्वपूर्ण निर्णयअन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुंगो लगाइएको बताए । इन्डोनेसियामा यसै महिनाको सुरुमा भएको आमनिर्वाचनमा विडोडोले विजयी भएको घोषणा गरेपछि पछिल्लो निर्णय गरेका हुन् ।…