नयाँ दिल्ली, वैशाख १५ । आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी तीन वर्षयता क्यान्सर रोगबाट पीडित थिए । पछिल्ला चार महिना उनको अवस्था गम्भीर हुँदै गएको थियो ।…