झापा । सरकारले गत साउन १ गते देखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोके पनि उक्त ज्याला नपाएको भन्दै चिया मजदुर चैत १७ देखि आन्दोलित बनेका छन् । उनीहरुले विभिन्न समयमा झापाका भद्रपुर, काँकडभिट्टालगायतका स्थानमा कोण सभा र जुलुस निकाल्दा समेत माग पुरा नभएको भन्दै आज झापाको बिर्तामोडमा थाल ठटाउँदै जुलुस…