काठमाडौं । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिकाभन्दा चार गुणा ठूलो हो…