
काठमाडौं । अफगानिस्तानमा अमेरिकी सेनाले गरेको हवाई हमलामा तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ ।
आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ ।
मनान अफगानिस्तानको दक्षिणी हेलमण्ड प्रान्तका प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे ।
मनानको मृत्यु तालिवानका लागि सन् २०१६ पछिकै ठूलो धक्का हो ।
२०१६ मा पाकिस्तानको पश्चिमी क्षेत्रमा एक अमेरिकी ड्रोन हमलामा संगठनका नेता अख्तर मन्सुर मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्