काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्दाका मापदण्ड भने तोक्न बाँकी रहेको बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभयो…