पाँच दलीय गठबन्धनकाे सिट बाँडफाँटको छलफल प्रभावित « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


पाँच दलीय गठबन्धनकाे सिट बाँडफाँटको छलफल प्रभावित


5.98k
Shares

काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनमा पछिल्ला केहीदिनदेखि निरन्तर चलिरहेको प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफल प्रभावित भएको छ ।

गठबन्धन दलहरु समानुपातिकतर्फको बन्दसूची संशोधन गर्न आ–आफ्नो पार्टीको छलफलमा व्यस्त भएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट प्रभावित भएको हो ।

गठबन्धनका दलहरुभित्र निर्वाचन आयोगमा बुझाएको बन्द सूचीप्रति तीव्र असन्तुष्टिपछि संशोधनसहित मिलाउन आ–आफ्नो पार्टी छलफलमा जुटेका छन् । यसले प्रत्यक्षतर्फ सीट बाँडफाँट मिलाउने जिम्मा पाएको कार्यदल बैठक समेत प्रभावित भएको छ ।

गठबन्धन दलका शीर्ष नेताहरु समानुपातिक सूची संशोधन गर्न व्यस्त भएपछि १६ गते अघि प्रत्यक्षतर्फको सिट बाँडफाँटबारे निर्णय नहुने निश्चित छ । गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा अझै सहमति जुट्न सकेको छैन् ।

प्रतिनिधिसभाका १६५ मध्ये १६० मा बाँडफाँट टुंगो लागिसकेको नेताहरुले बताएका छन् । जसमध्ये कांग्रेसले ८३, माओवादी केन्द्र ४४, एकीकृत समाजवादी १७, जसपा १५ र जनमोर्चाले २ सिट पाउने सहमति जुटेको बताइएको छ ।