म्याग्दीका स्थानीय तह जुटे चौतारी संरक्षणमा « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


म्याग्दीका स्थानीय तह जुटे चौतारी संरक्षणमा


39
Shares

म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले चौतारी संरक्षण अभियान थालेका छन् । लेक–बेसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने पवित्र स्थानको रुपमा रहेको चौतारीलाई संरक्षण गर्न स्थानीय तहहरुले समुदाय स्तरमै प्रयास थालेका हुन् ।

गर्मीमा शितल हावा लिँदै गफिने र आनन्द लिने चौतारी थकाइ मेट्ने र विश्राम लिने स्थानको रुपमा प्रयोग हुँदै आएको छ । पछिल्लो समय बटुवाले आराम गर्ने थलोको रुपमा रहेका चौतारीहरु नासिँदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधिहरु यस्ता सम्पदाहरुको संरक्षणमा जुटेका हुन् ।

बेनी नगरपालिका २ ज्यामरुककोट, बेनी नगरपालिका ७ बेनी, बेनपा ६, मालिका २ बेली, मालिका ३ रुम, मंगला गाउँपालिकाको अर्मन, अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा चौतारी संरक्षण अभियान नै संचालन भएको छ । विकासका नाममा मोटरबाटो लैजाने होडका कारण चौतारी मासिँदै गएका छन् ।

त्यस्तै धार्मिक पोखरी र पार्कहरुसमेत मासिँदै गएका छन् । संस्कृति धरोहर मासिदै गएपछि गाउँमा नयाँ चौतारी निर्माण गरिनुका साथै वर पिपल समेत लगाउन थालिएको छ । भरियाको भारी बिसाउने, बटुवाको थकान मेटाउने, युवा युवतीको माया प्रेम दर्शाउने, ज्येष्ठ नागरिक सुस्ताउने, गोठाला र फुर्सदिला व्यक्तिहरुले समय बिताउने ठाउँको रुपमा चौतारीको महत्व छ ।