Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


निर्वाचन आयोगप्रति भीम रावलले समाजिक सञ्जालमार्फत तेर्स्याए कडा प्रश्न


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगप्रति कडा प्रश्न तेर्स्याएका छन् ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा कडा प्रश्न तेर्स्याएका हुन् ।

नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्,‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ ।