टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवा विस्तारबारे जानकारी गराएकी हुन् । सातै प्रदेशमा फोरजी एलटिइ सेवा आफ्नै आर्थिक स्रोत परिचालन गर्नेगरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेको टेलिकमले जनाएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको लगानी रहनेगरी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार मध्यपहाडी लोकमार्गको प्रदेश…