एसईईमा कम जिपिए आयो ! चिन्ता नलिनुस् (भिडियो) • Image Khabar Image Khabar


एसईईमा कम जिपिए आयो ! चिन्ता नलिनुस् (भिडियो)


Imagekhabar
१७ असार २०७५, आईतवार ०६:१५

एसईईमा कम जिपिए आयो ! चिन्ता नलिनुस् (भिडियो)

काठमाडौं, असार १७ । शिक्षा मन्त्रालयले एसईई परीक्षामा कम ग्रेड ल्याइ उच्च शिक्षा पढ्न नपाएका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको १८ महिने टेक्निकल विषयहरु पढ्न पाउने भनि ढोका खुलाएको छ ।

उच्च शिक्षा पढ्न नपाउने यस बर्षका ३८ हजार भन्दा बढी विद्यार्थीले निश्चित अवधिको प्राविधिक कोर्स भने गर्न सक्नेछन् ।

यदि तपाई १ दशमलव ६ जीपीएभन्दा कम आएर अब उच्च शिक्षा पढ्न नपाइने भयो भनेर चिन्तित हुनुहुन्छ भने सीटीईभीटीले बाटो खुल्ला गरिदिएको छ । त्यस्ता विद्यार्थीले १८ महिने ३७ वटा प्राविधिक विषयहरु पढ्न सक्नेछन् । जसमा कृषि, स्वास्थ्य, इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, लगायतका विधामा ३७ वटा विषय छन्  ।

१८ महिने टी एसएलसी सकेका विद्यार्थीले पछि तीन वर्षीय डिप्लोमा पढ्न पनि पाउँछन् ।

सीटीईभीटीमा बार्षिक २९ हजार विद्यार्थीले पढ्न सक्ने कोटा रहेको छ । हाल २६ हजार विद्यार्थीमात्र भर्ना हुने गरेका छन् । भर्ना भने मेरिट लिस्टका आधारमा गरिन्छ । सीटीईभीटीको मान्यता प्राप्त सरकारी क्याम्पसले भने निकै सस्तोमा पढाउने गरेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्