लस एन्जलस, भदौ ३१ । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो । करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले…